bhutaha pul badhi pidit sunsari
इनरुवा साउन १२/अविरल वर्षा र स्थानीय खोला बाढीका कारण उर्लेपछि यतिवेला सुनसरीका दक्षिणी गाविसहरु डुबानमा छन् ।सुनसरी खोलामा अत्याधिक जलस्तर बढेपछि ओभर फ्लोका कारण मरिया खोलामा पानी पसेपछि दक्षिणी गाविसहरु डुबानमा परेका हुन् ।दक्षिणी गाविसहरु भुटाहा,देवानगंज,हरिनगरा,घुस्की,कप्तानगंज,वसन्तपुर,अमडुबा, नरसिङलगायतका गाविस यतिवेला पूर्ण रुपमा डुबानमा परेका छन् ।

दक्षिणी गाविसलाई जोड्ने भुटाहा स्थित रहेको पुलमा बाढीको पानीले कटान थालेपछि रोकथामकालागि पहल भैरहँदा बाढीको पानीले कल्भर्ट बगाएपछि यतिवेला सो सडक मार्ग भएर मरिया खोलाको पानी बगिरहेको छ । बाढीले सडक बगाएपछि दक्षिणी गाविसका सर्वसाधारण वैकल्पिक मार्गको रुपमा लामो यात्रा प्रगोग गर्न बाध्य बनेका छन् ।

bhutaha pul badhi pidit sunsari1
बाढीको पानीले दक्षिणी भेगका आधा दर्जन बढी कल्भर्ट बगाएको छ भने पुल आसपासको क्षेत्रमा समेत कटान थालेको छ ।सयौं घर डुबानमा पर्दा सर्वसाधारण सास्तीमा परेका छन् । पानीले खाद्यान्य सहित लुगाफाटा बगाएको बताउने स्थानीयहरु बँचेको खाद्यान्न पकाएर खान समेत समस्या निम्तेको बताउँछन् । लुगासबै पानीले भिजेको र दैनिकी गुजाराकालागि आवतजावत गर्दा समेत कुमकुम पानी तरनुपर्ने बाध्यताले स्वास्थ्यमा समस्या देखिन थालेको स्थानीय दाउद अन्सारी बताउँछन् ।

bhutaha pul badhi pidit sunsari sadak
अघिल्लो दिनको तुलनामा केही मात्रामा पानी घटेपनि डुबानमा परेका दक्षिणी गाविसका वासिन्दाको दैनिकी सहज हुन कम्तिमा पनि हप्ता दिन लाग्ने स्थानीयहरु बताउँछन् । राहत वितरण भैरहेको स्थानीय प्रशासनले बताएपनि दक्षिणवर्ति गाविसका पीडितहरुले राहतको प्रत्याभुति गर्न नपाएको बताउँछन् ।सुनसरीमा बाढीका कारण ६ सय बढी परिवार प्रभावित बनेका छन् । जसमध्ये ५ सय बढी परिवार दक्षिणीवर्ति गाविस र आसपासको क्षेत्रका रहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia