काठमाडाैं, साउन १३ / सप्तकोशी बाँधको सुरक्षाप्रति भारतीय पक्षले देखाएको ‘संग्दिध चासो’ र दाबीप्रति नेपाल सरकार औपचारिक रुपमा बेखबर छ। सप्तकोशी बाँध ध्वस्त पारिदिने ३ वटा अन्तर्राष्ट्रिय इस्लामिक अतिवादी संगठनको हवला दिँदै भारतले सुरक्षा मजबुत बनाउन नेपाललाई परिपत्र गर्दा समेत गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले यसबारे औपचारिक धारणा बाहिर ल्याएका छैनन्।
यसबाहेक नेपालका माअोवादी संग७नहरु पनि चुनाैतीका रुपमा रहेको भारतीय विवादास्पद दाबी अाएको छ। अाइतबार बिहारस्थित मजिस्टेड वैधनाथ यादवले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलार्इ इस्लामिक संगठन र माअोबादीबाट थ्रेट रहेको दाबीसहितको पत्र पठाएका थिए। उच्च स्रोतका अनुसार भारतले अहिलेसम्म परराष्ट्र मन्त्रालयलाई यस विषयमा जानकारी गराएको छैन। अाजकाे कारोबार दैनिकमा खबर रहेकाे छ।









