१४ साउन, काठमाडौं। कांग्रेस–माओवादी गठबन्धनको सरकारमा फोरम लोकतान्त्रिकलाई रोक्न संघीय समाजवादी फोरम सक्रिय छ ।१३ साउनको संघीय गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको वैठकमा फोरम अध्यक्ष उपेन्द्र यादवले फोरम लोकतान्त्रिकका अध्यक्ष्ँ विजय गच्द्धदारलाई सरकारमा जानबाट रोक्नुपर्ने प्रस्ताव राखेका थिए ।
सो प्रस्तावमा सामान्य छलफल भए पनि निष्कर्षमा नपुगिएको बैठकमा सहभागी एक नेताले बताए । फोरम लोकतान्त्रिक सरकारमा सहभाीताको विषयमा सकरात्मक छ ।
अध्यक्ष विजय गच्छदारको नेतृत्वमा नभई नेता जितेन्द्र देवको नेतृत्वमा सरकारमा सहभागी हुनेबारे छलफल चलिरहेको छ । ‘हाम्रो पार्टीमा औपचारिक छलफल सुरु भएको छैन, नयाँ सरकारका विषयमा छलफल हुन्छ, समग्र परिस्थितिको समीक्षा गर्छाैं र धारणा तय गर्छाैं,’ देवले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।








