narendra-modi

१४ साउन, एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका विषयमा भारतमा पछिल्लो समय निकै ठूला बहसहरु भैरहेका छन् ।प्रधानमन्त्री मोदीले भाषण दिने मञ्चदेखि उनको सबै क्षेत्रमा हुने उपस्थिति र त्यहाँ हुनसक्ने सम्भावित खतराका बारेमा बहस हुँदै गर्दा आगामी १५ अगष्टमा हुने विशेष समारोहमा प्रधानमन्त्री मोदीका लागि निकै खतरा हुने भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले समेत औल्याएका छन् ।

भारतीय गुप्तचर संस्थामा आबद्ध राष्ट्रिय सुरक्षाा सल्लाहकार अजित डोभाललाई उद्धृत गर्दै भारतीय मिडियाहरुले भनेका छन्, ‘यो सालको स्वतन्त्रता दिवसको दिन प्रधानमन्त्री मोदीका लागि सबैभन्दा खतरा हुनसक्छ ।’भारतीय विशेष सुरक्षा दस्ताले दिएको रिपोर्टलाई हवला दिँदै भनिएको छ, ‘१५ अगस्टको दिनलाई आतंककारीहरुले निशाना बनाउन सक्ने र सो परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको छ ।’

प्रधानमन्त्री मोदीको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्वतन्त्रता दिवसका दिन आयोजित कार्यक्रमको मञ्चलाई बुलेट प्रुफ सिसाले ढाकिने समेत जनाइएको छ । पछिल्ला वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीले आफु प्रधानमन्त्री भएदेखि बुलेट प्रुफ मञ्चमा भाषण दिन इन्कार गर्दै त्यसलाई हटाउन निर्देशन दिएका थिए ।

तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि प्रधानमन्त्रीहरुले भाषण दिने मञ्चहरुमा बुलेट प्रुफ सिसा लगाउने गरिएको थियो तर त्यो परम्परालाई मोदीले तोडेका थिए । यो सालदेखि भने प्रधानमन्त्री मोदीनै आतंककारीहरुको निशानामा पर्ने आशंकाका साथ यो तयारी गर्न थालिएको बताइएको छ ।

भारतीय गुप्तचर संस्थाको रिपोर्टअनुसार काश्मिर हिंसापछि अगष्ट १५ को दिनलाई निशाना बनाउने गरी आतंककारीहरुको घुसपैठ सुरु भएको भारतीय मिडियाहरुको भनाई छ । सो हिंसापछि भारतीय सुरक्षा निकायले आइएस लगायतका आतंकवादी संगठनहरुको गतिविधिमाथि उच्च निगारानी राखेको बताएको छ ।

गुप्तचर संस्थाको रिपोर्ट अनुसार प्रधानमन्त्री मोदीको सम्बोधनका दिन आतंकारीहरुले ड्रोनमार्फत हमला गर्ने आशंका छ र त्यसमा ज्यादै सतर्कता अप्नाउन जरुरी छ । सुरक्षा श्रोतका अनुसार प्रधानमन्त्री मोदीमाथि इस्लामिक स्टेट, अलकायदा, लस्कर ए तोयबा र जैश ए मोहम्मद और हिजबुल मुजाहिदीनको नेतृत्वमा रहेको आतंकवादी संगठनहरुले हमला गर्ने योजना बनाइरहेको जनाइएको छ ।काठमाडौंटुडेबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia