mahatoo
साउन १६ इनरुवा/ सद्भावना पाटीका अध्यक्ष राजेन्द्र महतोले आफुहरुका माग पूर्ण रुपमा सम्बोधन नभएसम्म मधेशमा चुनावको सपना नदेख्न सरकारलाई सुझाउनु भएको छ ।
बाढी पीडितका लागि राहत वितरण गर्न सुनसरी पुग्नुभएका महतोले सदरमुकाम इनरुवामा संचारकर्मीहरुसँगको कुराकानीमा आफुहरुका माग सम्बोधन नगरी सरकारले मधेशमा चुनाव गर्नै नसक्ने बताउनुभयो ।

mahatoo 2
स्थानीय तह पुर्नसंरचना आयोग अन्र्तगत स्थानीय तहमा सरकारी पक्षबाट एकलौटी निर्णय लाद्ने प्रयास मधेशको हित विपरित भएकाले सोको विरोधमा आफुहरु रहेको वहाँको भनाई थियो ।

mahatoo 1
महतोले संघियता र सीमाङकनको मुद्धा निर्क्यौल नगरी कुनैपनि निर्णय अघि बढाउने दुस्प्रयास नगर्न सरकारलाई आग्रह समेत गर्नुभयो ।
महतो काठमाण्डौका विभिन्न संघसंस्थाहरुबाट संकलित राहत लिएर बाढी प्रभावित तराईवासीका लागि वितरण गर्ने क्रममा सुनसरी पुग्नु भएको हो ।
सद्भावना सुनसरी मार्फत राहत जिल्लाको दक्षिणी गाविसका बाढी पीडितहरुलाई वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia