
साउन १६ इनरुवा /राष्ट्रिय मानब अधिकार आयोग पूर्वाञ्चल क्षेत्रिय कार्यालय बिराटनगरका निर्देशक कोषराज न्यौपानेको सुनसरीका अधिकारकर्मीहरुले सामूहिक विदाई गरेका छन् ।
काठमाण्डौ स्थित कार्यालय सरुवा भएका न्यौपानेलाई सुनसरीमा कृयाशिल मानवअधिकारकर्मीहरुले इनरुवामा औपचारिक कार्यक्रमको आयोजनाकावीच सम्मान तथा विदाई गरेका हुन् ।
निर्देशक न्यौपानेले पूर्वाञ्चलको मानबअधिकारको स्थिती र संरक्षणका लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै सरोकारवालाहरुले अभिनन्दन सहित विदाई गरेका थिए ।
सुनसरी सदरमुकाम इनरुवामा मानबअधिकार विषयक अन्र्तरकृया तथा छलफल कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रमका सहभाागिहरुले मानबअधिकारको क्षेत्रमा न्यौपानेले पुर्याएको योगदानको चर्चा गर्दै आउँदा दिनमा समेत मानवअधिकारको रक्षा र प्रत्याभुत सबैले गर्न पाउने खालको वातावरण सीर्जना गराउन आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।








