
इनरुवा १८ साउन /सुनसरीका दुई भिन्दाभिन्दै स्थानमा पानीमा डुबेर दुई जनाकोे मृत्यु भएको छ ।
घर छेउको पानीको कुलोमा डुबी इटहरी ११ का ५० वर्षिय कुल बहादुर बस्नेतको मृत्यु भएको हो ।
त्यसैगरी सुनसरीकै तनमुना गाविसमा समेत एक बालिकाको घर नजिक पानी जम्ने खाल्डोमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक वर्षिया बालिका अमृता ऋषिदेव रहेको सुनसरी प्रहरीले जनाएको छ । छोरी सुताएर आमाबाबु काममा निस्केका बेला छोरी घ्रिसिंदै खाडलमा डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।








