jestha nagarik sujhab sankalan inaruwa

इनरुवा साउन २१/ जिल्ला प्रहरी कार्यालय सुनसरीले जेष्ठ नागरिकका समस्या पहिचान गरी समाधानका पहलकदमी अघि बढाउने उद्येश्यसाथ सुझाव संकलनको थालनी गरेको छ ।सुनसरी प्रहरीले वृद्धवृद्धाका गुनासोका आधारमा वास्तविता पत्ता लगाई कानुन संगत पाउनुपर्ने सेवा सुविधा लगायतको बारेमा कार्यान्वयनका लागि समवन्धित निकायमा जानकारी पठाउने तयारी थालेको हो ।

????????????????????????????????????

सरकारले व्यवस्था गरेअनुरुप यातायात,स्वास्थ्योपचार लगायतमा जेष्ठ नागरिकहरुले पाउनुपर्ने सेवा सुविधाका साथै पालनपोषणका क्रममा परिवारले निर्वाह गर्दै आएको भूमिका लगायतको अध्ययन गरी सहज जीवनयापनको अवस्था सीर्जना गराउने तर्फ आफूहरुको अभियान लक्षित रहेको सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिनुभयो ।प्रहरी कार्यालय हाताभित्र आयोजित जेष्ठ नागरिक संगको अन्र्तकृया कार्यक्रममा सहभागिहरुले सरकारी सेवा सुविधाको प्रत्याभूति गर्न नपाएको गुनासो पोखेका थिए ।

उनिहरुले उमेरका बढावासँगै परिवारले हेर्ने दृष्टिकोणमा आएको परिवर्तनले जीवनयापन असहज र निराशाजनक बन्दै गएको दुखेषो व्यक्त गरे ।कार्यक्रम सामूदायिक प्रहरी इनरुवा र जिल्ला प्रहरी कार्यालय सुनसरीले संयुक्त रुपमा आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia