काठमाण्डाै । एक बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ढाका पुर्याएर ४६ नेपालीलाई अलपत्र छाडेका छन्। ती नेपालीलार्इ उद्धार गरी स्वदेश फर्काउने प्रयास भइरहेको बंगलादेशस्थित कार्यवाहक नेपाली राजदूत धनबहादुर ओलीलले जानकारी दिए।
ओलीका अनुसार ढाकास्थित एक रेस्टुरेन्टमा जागिर लगाइदिने भन्दै ती बंगलादेशी दलालले उनीहरुलाई जेठ दोस्रो साता पर्यटक भिसामा त्यहाँ पुर्याएका थिए।
सुरुमा पर्यटक भिसामा बंगलादेश पुर्याइएका उनीहरुको भिसाको म्याद सकिएपछि दलालले वर्किङ भिसा मिलाइदिने भन्दै फसाएपछि उनीहरु गैरकानुनी ढंगले बस्न बाध्य भएका थिए।
ती बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ४६ नेपालीबाट ८० लाख रुपैयाँ उठाएको बताइएको छ। ठगिनेमा नेपालीबाट बिजनेस भिसा लिउरु जानेहरु छन्। अाजकाे अन्नपूर्ण पोस्टमा खबर छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia