srilanka tapu sunsari inaruwa
इनरुवा साउन २३/सप्तकोशी नदीले श्रीलंका टापुमा कटान जारी राख्दा वस्तीमा पुर्याउन सक्ने सम्भावित जोखिम न्यूनिकरणको कार्य तत्कालबाटै थाल्ने सुनसरी प्रशासनले तयारी थालेको छ ।प्रकाशपुर ४ र ५ नम्वर वडाका साथै महेन्द्रनगर गाविसको ९ नम्वर वडा समाहित टापुमा सुनसरी तर्फ १ हजार घरधुरीको वसोवास रहँदै आएको छ ।

चारैतिर नदीले घेरीएको टापुमा कोशीले कटान गरिरहे वस्ती असुरक्षित बन्न सक्नुका साथै त्यसले आसपासका भेगमा समेत थप जोखिम उत्पन्न गराउन सक्ने भन्दै सरोकारवालाहरुले स्थानीय प्रशासनको ध्यानकर्षण गराएका थिए ।

srilanka tapu sunsari inaruwa1
प्रमुख जिल्ला अधिकारी मोहन चापागाई सहित स्थलगत अनुगमनमा पुगेको सुनसरीका सुरक्षा निकायका प्रमुखहरुको टोलीले कोशी कटानका सम्वन्धमा तत्काल सरोकारवालाहरुको बैठक डाकी रोकथामको पहल अघि बढाउने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले बताउनुभयो ।

srilanka tapu sunsari inaruwa2

टापुवासीका समस्या बारे समेत अध्ययन गरेको टोलीले समस्या समाधानकालागि पहल अघि बढाइनेमा ढुक्क हुन सर्वसाधारणमा आग्रह गरेको छ ।कोशी नदीमा पानीको वहाव बढे टापुवासीलाई आवतजावत गर्न समेत समस्या पर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia