harinagara ilaka prasasan sewa suru2
इनरुवा साउन २३ /जनमुखी सेवा विस्तारको उद्येश्य अनुरुप जिल्ला प्रशासन कार्यालय सुनसरीले दक्षिणी गाविस हरिनगरमा इलाका प्रशासन कार्यालय मार्फत सेवा आरम्भ गरेको छ ।जिल्लाको दक्षिणी १४ गाविसका सर्वसाधारणले अब इलाका प्रशासन कार्यालय हरिनगरा मार्फत सरकारी सेवाको प्रत्याभुती गर्न पाउने भएका हुन् ।

harinagara ilaka prasasan sewa suru
सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले दलित छात्रा कविताकुमारी रामलाई नागरिकता हस्तान्तरण गर्दै सेवा शुभारम्भ गर्नुभयो ।इलाका प्रशासन स्थापना भएसँगै दक्षिणी गाविसका सर्वसाधारण नागरिकता जस्ता सेवाका लागि घण्टौं धाएर सदरमुकाम इनरुवा पुग्नु पर्ने बाध्यताको अनत्य भएको छ ।

तत्काल नागरिकता र नागरिकताको प्रतिलिपी उपलब्ध गराउने जनाएको इलाका प्रशासन कार्यालय हरिनगराले विस्तारै राहदानीको सेवा समेत उपलब्ध गराइने शाखा अधिकृत गिरीराज भट्राईले जानकारी दिनुभयो ।

harinagara ilaka prasasan sewa suru1

तपाईको प्रतिक्रिया

trusted online casino malaysia