दुवई । दुवईमा सेक्युरिटी गार्डको कामको लागि भन्दै लगिएका ३५ जना नेपालीले आफूहरुले ९ महिना अघि देखि कम्पनि र मेनपावर विच सम्झौता भएको तबल नपाएको भन्दै उद्धारका लागि अवुधावी स्थीत नेपाली राजदुतावासमा निवेदन दिएका छन् । उनिहरु १० महिना अघि देखि दुबईको लिडर सेक्युरिटी सर्भिसमा काम गर्ने गरी गएका हुन् । आफूहरुलाई १० महिना अघि देखिने सम्झौता गरेको रकम नदिएको र हाल आएर खाना खर्च समेत नखिइएको उनिहरुको निवेदनमा उल्लेख छ ।
काठमाण्डौको हिमारब ओभरसिज र एनसिएफ नेपाल मेनपाबरद्धारा गएका उनीहरुले आफूहरुको चरम श्रम शोषण भएको बताएका छन् । उनीहरुलाई नेपालबाट जा“दा २६ दिनको मासिक तबल १७ सय ८१ दिराम तबल दिन भनिएपनि सो अनुसार तबल नपाएको र महिना को ३० दिन १२ घण्टा काम गरेता पनि कम्पनि ले महिनाको २०० र ३०० तबल दिएको निवेदनमा उल्लेख गरेका छन् ।
समस्याका बारेमा दुवईको लेबर कोर्टमा उजुरी गर्दा कम्पनीले सम्झौता रद्ध गरी जर्वजस्ती नेपाल फर्काउने धम्की दिइएको उनीहरुले बताएका छन् । यसका बारेमा नेपाली दुतावासमा श्रम सहचारी हिरा यादव लाई समेत जानकारी गराएको उनीहरु वताउछन् ।
आफूहरु ठगिमा परिरहेको अवस्थामा यस लिडर सेक्युरेटी सर्भिस कम्पनिले अन्य कामदार मगाउन लागेको जानकारी पाएको भन्दै त्यसालाई रोक्न समेत पिडितहरुले आग्रह गरेका छन् । हाल आएर उनिहरु २० दिन अघि देखि आएर २ बटा कोठामा ४० जना सम्म राख्दै आएको र कम्पनिका तर्फ बाट हाल सम्म कोहि पनि सम्पर्कमा नआएको वताउछन् ।डिसी नेपालबाट











