balika apharan mukta morang spars agrawal
माेरङ । सोमबार बिहान ४ बजे। मोरङको पथरी मस्त निद्रामा थियो। राजमार्गको त्यो बस्ती एउटा घरमा भने हलचल थियो। सादा पोसाकमा रहेका सुरक्षाकर्मील घर घेरामा हालेका थिए। कोहीभित्र पसेका थिए।५ वर्षकी बालिका ओछ्यानमा मस्त निद्रामा थिइन्। निदाइरहेकै अवस्थामा प्रहरीले बालिकालाई अंगालोमा राखे। र, विस्तारै घरबाहिर निस्किए।
स्कुलबाट घर फर्किरहेकी भारत बिहार, कटिहार कुरेसेलाकी स्पर्श अग्रवालको बुधवार साउन १९ गते अपहरण भएको थियो। पेट्रोलियम सञ्चालक भानु अग्रवालकी छोरी स्पर्शलाई अपहरण गरिएकै साँझ नेपाल ल्याइएको र पथरी-४ स्थित रीता साहको घरमा अपहरित बालिकासहित अपहरणकारी लुकेको सूचनाका आधारमा प्रहरीले सोमबार बिहान त्यो घरलाई घराबन्दी गरेको थियो।
प्रहरीले स्पर्श अपहरणमा संलग्न सुनसरी, इनरुवा-५ का दिनेश गुप्तालाई पक्राउ गरेको छ। ‘स्पर्ध सुतेकै कोठामा गुप्ता पनि सुतिरहेको थियो,’अपरेसनमा खटिएका पूर्वक्षेत्र प्रहरी कार्यालयका एक अधिकृतले भने,‘बच्चालाई केही गर्ला भनेर हामीले पहिले सुतिरहेकै अवस्थामा स्पर्शलाई सेफ साइड गर्यौं, अनि मात्र गुप्तालाई नियन्त्रणमा लियौं।’
स्पर्शलाई सधैंझै बुधवार पनि बुबा भानुले स्कुल पुर्याइदिएका थिए। उनी सैध बुबाको गाडीमा चढेर स्कुल जान्थिन्, फर्कदा स्कुल बसमा। एनबीआर स्कुलमा केजीमा पढ्दै गरेकी स्पर्शलाई परिचित व्यक्तिले नै गाडीबाट तल झारे र बलेरोमा लगेर बसाइदिएका थिए। अाजकाे नागरिक दैनिकमा खबर छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia