
इनरुवा साउन २५/ सवारी दुर्घटना न्यूनिकरणको उद्येश्यसाथ इनरुवा क्षेत्रमा ट्राफिक प्रहरीले जनचेतनामूलक अभियानको सुरुवात गरेको छ ।ट्राफिक प्रहरी पोष्ट सखुवागाछीले बस पार्क सहित बजार क्षेत्रमा प्रचारमुखी कार्यक्रम संचालन गर्नुका साथै सचेतना अभियानलाई निरन्तरता दिएको हो ।
ट्राफिक प्रहरीले स्थानीय व्यवसायीका साथै सरोकारवालाहरुको सहयोगमा सडकमा ट्राफिक सचेतना सम्वन्धि बोर्डहरु राख्ने कार्यलाई तिव्रता दिएको छ । चेकजाँच बढाई सवारी साधन चलाउदाँ अपनाउनुपर्ने सावधानी बारे जानकारी समेत गराउदै आएको ट्राफिक प्रहरी पोष्ट सखुवागाछी इन्चार्ज पुष्पकराज निरौलाले बताए ।इनरुवा क्षेत्रमा ट्राफिक प्रहरीले निमय विपरित सवारी चलाउनेहरुबाट मासिक रुपमा एक लाख ५० हजार बढी जरिवाना असुल्ने गरेको छ ।








