nisha-nuwakot plane crash

२६ साउन, काठमाडौं । सोमवार दुर्घटनामा परेको हेलिकोप्टरमा एकजना नर्स पनि थिइन्, जो बिरामीकै सेवामा थिइन् । इनरुवाकी निशा तामाङ गोरखामा रहेर नर्सिङ सेवा दिइरहेकी थिइन् । बिरामीलाई काठमाडौं ल्याउनुपर्ने भएपछि उनी सँगै काठमाडौं आउनु परेको थियो । ड्युटीमा खटिएकी उनी अन्य ७ जना सहित सदाका लागि बिदा भइन् ।

 उनी अघिल्लो रात पनि एकजना सुत्केरीको अवस्था जटिल भएकाले राति ३ बजे मात्रै सुतेको उनका साथीहरु बताउँछन् ।  उनी परिआउँदा कामबाट नभागने स्वभावकी भएकाले बिरामीलाई लिएर काठमाडौं आउने जिम्मा परेको उनकी एक साथीले बताइन् । निशा फिड नेपाल अन्तर्गत नर्सिङ सेवा दिन गोरखा पुगेकी थिइन् । निशाको स्थायी घर सुनसरीको इनरुवा हो ।

इनरुवावाट एसएलसी गरेकी निशाले जनकपुरवाट पीसिएल स्टाफ नर्स गरिन् । त्यसपछि केही समय इटहरीको टिआर अस्पतालमा काम गरेपछि ओखलढुंगाकै पारामेडिकल कलेजमा  दुई वर्ष पढाइन् ।  गत फागुनमामात्रै फिड नेपाल नामक संस्थावाट भूकम्प प्रभावित क्षेत्र गोरखा गएकी हुन् । स्वास्थ्यखबरबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia