biratnagr1

२७ साउन, नरेन्द्र बस्नेत मोरंग। विराटनगरको घर जग्गा कर बढाएको विषयमा जनस्तरबाट विरोध भएपछि विराटनगर उपमहानगरपालिकाले त्यसबारे स्पष्टीकारण दिएको छ ।उपमहानगरले राजनीतिक दलको सहमति र सहकार्यमा नै कर बढाइएको जनाएको छ ।

यसबारेमा स्पष्ट गर्न मंगलबार गरिएको पत्रकार सम्मेलनमा कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले एकतर्फी निर्णय नभई राजनीतिक दलको सहमतिका आधारमा नै कर बढाइएको दाबी गरे ।

राजनीतिक दलका नेताले यस विषयमा सहमति जनाएर निर्णय पुस्तिकामा समेत हस्ताक्षर गरेको बताए । नेपाली काङ्ग्रेसको नगर सभापति भीम पराजुली र माओवादी केन्द्रकी नगर अध्यक्ष नमिता न्यौपानेले यो निर्णय फिर्ता नलिए आन्दोलनमा जाने बताएका छन् ।

२०७२ पुस २७ गते उपमहानगरपालिकाले आर्थिक वर्ष २०७३-७४ मा नगर क्षेत्रमा घरजग्गा करको वृद्धि गर्ने निर्णय गरेको थियो ।उक्त निर्णयलार्ई नेपाली काङ्ग्रेस नगर समितिका सभापति पराजुली, माओवादी केन्द्र नगर समितिका अध्यक्ष न्यौपाने, नेकपा एमाले नगर समितिका संयोजक सागर थापा, राप्रपा नेपालका हीरालाल सुन्चेउरी, तमलोपाका जिल्ला अध्यक्ष मोहम्मद कादिर, लगायतका राजनीतिक प्रतिनिधिले समर्थन गरेको उपमहानगरको दाबी छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia