२७ साउन, विष्णु पौडेल दमक। २९ दिनकी छोरी  जन्मिदै छोरीको हातको एउटा पातो खुस्कीएको छ । बाबुको खुट्टा ट्रक दुर्घट्नामा भाँचिएकाले हिंड्न सहज छैन । खुट्टा खोच्याउँदै हातमा हस्पीटलबाट लिएका डिस्चार्ज पेपर र केही लुगा कपडाको झोला बोकेर उनीहरु दिनभरी अर्काको घरदैलोमा चाहार्छन ।

कसैलाई दया पलायो भने तिनीहरुको पेट भरियो नभए भोक्कै । पुग न पुग एक महिनाकी छोरी भोकले च्याँ च्याँ गर्न छोड्दिन । सुत्केरी आमाको अवस्था उस्तै नाजुक ।

मंगलबार बिहान दमक चौकमा भेटिएका इलाम लक्ष्मीपुर – ७ का ३३ बर्षिय रमेश भनिने रवि राई र ३० बर्षिया लिलादेवी राईको जोडीलाई देख्दा धेरैको अनुमान उनीहरु त्यो वास्तविक जिवन घट्नासंग मेल खादैन ।

लिलादेवी राईलाई एक महिना अघि सुत्केरी व्यथाले भेट्यो । मधुमेह (डाइविटीज)की विरामी थिइन् । सुत्केरी गराउनु पर्ने बच्चा सजिलै जन्मिन नसक्ने स्वास्थ्य अवस्था गाउँका जान्ने बुझ्नेदेखी स्वास्थ्यकर्मीहरुले भनिसकेका थिए । दैनिक ज्यालादारीमा गाउँमै अर्काको बारी खनजोत गर्ने पेशाका उनीहरुले जम्मा गरेको थोरबहुत पैसाको थैली लिएर सिधै झापाको धुलाबारी आए ।

त्यहाँको प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्ने वित्तिकै गर्भवतीको अवस्था असामान्य भन्दै स्वास्थ्यकर्मीहरुले सिलिगुढी लैजान सल्लाह दिए ।पति रवि राईले त्यसै अनुसार सिलगुढी जिल्ला अस्पताल भारतमा पत्नीलाई भर्ना गरेका थिए । झटट् हेर्दा अर्कासंग हात पसारेर जिविकोपार्जन गरेको लाग्ने यो जोडीले गएको असार अन्तिम हप्ता भारतको सिलिगुडीस्थित डिस्ट्रिक्ट हस्पीटलमा जन्माएकी छोरीको दाहिने हातको पातो जन्मिदै खुस्किएको छ ।

आमा लिलादेवीको अप्रेशन गर्न डाइविटीज (मधुमेह)का कारण नमिल्ने भन्दै सो अस्पतालमा चिकित्सकहरुले जवरजस्ती उनको पेटबाट बच्चाको हातमा समाएर निकाल्न खोज्दा हातको पातोनै खुस्किएको छ ।

उनीहरुको यस अघिको पहिलो सन्तानका रुपमा छोरा छन् । पाँच बर्षको भो जेठो छोरो नविन गाउँले र आफन्तको रेखदेखमा लक्ष्मीपुरमै बस्छन् । दोश्रो सन्तानका रुपमा छोरी जन्मिएपछि उनीहरु घर सम्म पुग्न सकेका छैन ।

रवि र लिलादेवीको जोडी आलोपाले एक महिने शिशुलाई काखमा च्यापेर भौतारिरहेका छन् । उनीहरु आफ्नी छोरीको हातको पातो जोड्ने भरपर्दो र विश्वासिलो अस्पतालको सेवा खोजीरहेका छन् । बजारमा थुप्र्रै मान्छे भेटिए ।

अस्पताल थुप्रै्र देखे । तर कसैले रित्तो हात छोरीको उपचार गराउन खोज्दा पत्याएका छैनन । २० दिन भयो मागेर हिडेको । काँकरभिट्टादेखी दमक सम्म आइपुग्दा विहान बेलुकाको छाक टार्ने बाहेक खासै रकम जम्मा गर्न नसकेको र आफूहरुको इच्छा छोरीको हातको उपचार गराएरै छाड्ने भएकाले सहयोगका लागि रवि र लिलादेवीको जोडीले याचना गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia