blood drink lover

२७ साउन, न्यूयोर्क । प्रेमी र प्रेमिकाको सम्बन्ध पनि अनौठो हुन्छ । कहिले प्रेमपूर्ण रिस त कहिले अत्यन्तै प्रेम । तर आज एउटा यस्ता प्रेमी प्रेमिकाका बारेमा तपाईलाई बताउन गइरहेका छौं, जसका बारेमा सुनेर तपाई छक्क पर्नु हुनेछ ।सूत्रका अनुसार, अमेरिका बस्ने माइकल ब्याच माइल ४३ वर्षका छन् भने उनकी प्रेमिका ब्लट क्याट्चन २८ वर्षकी । यी माइकल ब्याच भेम्पाइर भएको बताइन्छ ।

भेम्पाइर भन्नाले मानिसको रगत खानेलाई बुझिन्छ । तर अचम्मको कुरा के छ भने ब्लटलाई आफ्नो प्रेमि मानिसको रगत खाने भेम्पाइर भएकोमा कुनै आपत्ती छैन ।ब्लटको पिठ्यू र पेटमा ब्लेडले काटेका कैयन् चिन्हहरु छन् । यी ती चिन्हहरु हुन, जहाँबाट उनको प्रेमी माइकलले रगत निकालेर पिएका थिए ।

मिडियामा प्रकाशित खबर अनुसार, माइकलले आफ्नो प्रेमिकाको शरीरमा सफा ब्लेडले एक इन्च लामो र गहिरो घाउ बनाउने गर्दछ र सेक्सन कपका माध्यमबाट उसको रगत खाने गर्दछ । माइकलको भनाईमा रगत खाएर उसलाई अनौठो उर्जा प्राप्त हुन्छ ।एभरेष्ट दैनिकबाट

blood_vampire drink lover

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia