रियो दि जेनेरियो । ब्राजिलको राजधानी रियो दि जेनेरियोमा जारी विश्व खेलकुदको महाकुम्भ ३१ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुद जारी छ । रियो ओलम्पिक अन्तर्गत बिहीबार पनि बिभिन्न खेलको प्रतिस्पर्धा हुँदैछ ।
गत शनिबार बिहान औपचारिक रूपमा सुरु भएको ओलम्पिकमा हालसम्म ७३ स्वर्णको छिनोफानो भइसकेको छ । हालसम्म विभिन्न २७ देश र एक स्वतन्त्र खेलाडीले विभिन्न खेलमा स्वर्ण पदक जितिसकेका छन । तर, हालसम्म कुल ५० देशले ओलम्पिकमा पदक हात परेका छन् ।
रियो ओलम्पिकको पदक तालिकामा हालसम्म ११ स्वर्ण, ११ रजत र १० कास्यसहित कुल ३२ पदक जित्दै अमेरिका शीर्ष स्थानमा उक्लिएको छ । १० स्वर्ण, ५ रजत र ८ कास्य पदकसहित कुल २३ पदकसहित चीन स्थानमा झरेको छ । ६ स्वर्ण १ कास्य र ११ रजत पदक जितेको जापान तेस्रो स्थानमा छ ।
पदक तालिकामा ५ स्वर्ण, २ रजत र ५ कास्यसहित १२ पदक जितेको अष्ट्रेलिया चौथो स्थानमा छ । पाचौँ स्थानमा रहेको हंगेरीले ५ स्वर्ण, १ कास्य र १ रजत गरी ७ पदक जितेको छ । त्यस्तै रुस, दक्षिण कोरिया, इटाली, ग्रेट ब्रिटेन र फ्रान्स क्रमस पाचौँ देखि १० औं स्थानमा रहेका छन् ।
यस्तै हालसम्म स्विडेन, चाइनिज ताइपेइ, अर्जेन्टिना, बेल्जियम, कोशोभो, नेदरल्याण्डस, ब्राजिल, क्रोएसिया, जर्मनी, ग्रिस, स्लोभेनिया र भिएतनामले पनि स्वर्ण पदक जितिसकेका छन् ।









