bhgymani khadar dubai india plan crash

२७ साउन, दुबई । ६ दिनअघि मोहमद बासिर अब्दुल खदार ६ दिन अघि विमान दुर्घटनाबाट बालबाल बचेका थिए । उनी सवार इमिरेटस्को इके ५२१ विमान दुबईको विमानस्थलमा दुर्घटनामा परेको थियो ।

 प्लेन पड्किएर आगोको डल्लोमा परिणत हुनअघि केही मिनेटअघि उनीसँगै विमानमा सवार ३ सय जना सकुशल निस्कन सफल भएका थिए । त्यतिबेला भाग्यले बाँचेका ६२ वर्षीय खदारले अहिले १ मिलियन डलर बराबरको चिठ्ठा जितेका छन् ।

दुबईको एक कार डिलरसिप कम्पनीमा काम गर्ने भारतीय मुलका खदारले परिवारसँग भारतको केरलामा छुट्टीमा जानअघि दुबईको अन्तर्राष्ट्रिय विमानस्थलमा दुबाई ड्युटी फ्रि मिलेनियम मिलियनेर लट्री किनेका थिए ।तर, फर्कदा उनको प्लेन दुर्घटना पर्यो । त्यतिबेला भाग्यले उनी बाँच्न सफल भए ।

अहिले फेरि उनलाई भाग्यले साथ दिएको छ । उनको किनेको ०८४५ नम्बरको टिकटले ३.६७ मिलियन दिराम जित्न सफल भएका छन् ।
गल्फ न्युजसँग कुरा गर्दै उनले भनेका छन्, ‘मैले दुबईमा ३७ वर्षदेखि दुबईमा काम गरिरहेको छु । मलाई यो मेरै देशजस्तै लाग्छ । मलाई दोस्रो जीवन दिनुभएकोमा भगवानलाई धन्यवाद दिन चाहन्छु ।

अझ पैसा पनि थप दिनुभएकोमा पनि धन्यवाद दिन चाहन्छु । यसलाई राम्रो काममा खर्चने छु ।’ उनले किनेको यो १७ औं टिकट हो । सन् १९७८ देखि दुबईमा काम गर्न शुरु गरेका खदिर अबको चार महिनापछि अवकास पाउँदैछन् ।लाइटनेपाल बाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia