
इनरुवा साउन २७/नेपाल विद्यार्थी मंचको २६औं स्थापना दिवशको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।नेपाल सद्भावना पाटीको भातृ संघ नेपाल विद्यार्थी मंचले स्थापना दिवसको अवसरमा इनरुवा अस्पताल परिषरमा सरसफाई गर्नुका साथै वृक्षारोपण गरेको छ ।
सद्भावनाका पाटीगत नेता लगायतको उपस्थितीमा जिल्ला अस्पताल इनरुवामा उपचाररत विरामीहरुलाई फलफुल वितरण समेत गरिएको जिल्ला अध्यक्ष चन्देश्वर चौधरीले बताए ।कार्यक्रममा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेल लगायतको उपस्थिती रहेको थियो ।








