ganga-mama-430x336

काठमाडौं /  छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै वीर अस्पतालमा लामो समयदेखि अनशनमा रहेकी गोरखा, फुजेलकी गंगामाया अधिकारीले विहीबारदेखि आमरण अनशन सुरु गरेकी छन् ।हत्याको आरोप लागेका छविलाल पौड्याललगायतलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि नबढाएसम्म अनशन नतोड्ने पनि उनले बताएकी छन् ।

आरोपी पौडेललाई पुर्पक्षका लागि थुनामा राखी कारबाही गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएपछि गंगामायाले केही दिनअघि सरकारलाई ‘अल्टिमेटम’ दिएकी थिइन् ।‘अब आफू मर्न तयार’ भएको भन्दै गंगामायाले कसैको आश्वासनको भरमा अनशन नतोड्ने पनि स्पस्ट पारेकी छन् ।

विगत ६ वर्षदेखि छोराका हत्यारालाई कारबाही गर्न माग राख्दै लामो संघर्ष गर्दै आएकी गंगामायाले अब सरकारबाट न्याय पाउने आशा मरेको पनि बताइन् । गंगामायाका श्रीमान नन्दप्रसादको दुई वर्षअघि अनशनकैक्रममा निधन भएको थियो । गंगामायाका कान्छाछोरा कृष्णप्रसादलाई माओवादी कार्यकर्ताले २०६१ सालको जेठमा चितवनमा गोली हानेर मारेका थिए ।इमेज खबरबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia