साउन २८ इनरुवा /१३ औ अन्र्तराष्ट्रीय युवा दिवशको अवसरमा सुनसरीका युवा केन्द्रीत संस्थाहरुले अन्तर संवाद कार्यक्रमको आयोजना गरेका छन ।शुक्रवार इनरुवामा शान्ति र समृद्धीका लागी युवा र सप्तकोशी युवा समाज सुनसरीले युवा संवाद कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रममा सहभागीहरुले युवाको भुमिका सवै क्षेत्रमा आवश्यक रहेकाले सकारात्मक सोचका साथ अगाडी बढनु आवश्यक रहेकोमा जोड दिए ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष राईले युवाहरुमा हिंसाजन्य व्यवहारको अन्त्य गरि असल नागरिकका रुपमा नयाँ पिढीहरुलाई स्थापित गराउन आवश्यक रहेको बताए ।
कार्यक्रममा वर्णमाला दैनिकका राजेन्द्र पोखरेल , विधार्थी प्रकान्तराज खनाल , भोजराज बस्नेत , चेतरायण मेहता र कमल किशोर शर्मा लगायतले युवा भूमिका बारे धारणा राखेका थिए ।









