साउन २८ इनरुवा /इलाका प्रहरी कार्यालय पकलीले बालुवा सहितको ट्याक्टर नियन्त्रणमा लिएको छ ।सुनसरीको बकलौरी गाविस वडा नम्वर ३ स्थित सेउती खोलामा बालुवा लोड गरि ल्याउँदै गर्दा को २ त २२९३ नम्वरको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अवैध तवरमा बालुवा लोड गरिएको ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि जिल्ला विकास समिति सुनसरीको कार्यालयमा पठाइएको प्रहरी निरिक्षक शान्तराम कार्कीले बताए । प्रहरीले बालुवा सहित ट्याक्टर नियन्त्रणमा लिएको जनाएपनि चालकको बारे भने केही खुलाएको छैन् ।









