aurabani prahari nagarik sunbai
इनरुवा साउन २८/ सुनसरीको औरावनी गाविसमा नागरिक सुनुवाईको आयोजना गरिएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय दुहवीको संयुक्त आयोजनामा नागरिक सुनुवाई सम्पन्न भएको हो ।

स्थानीय समस्याको पहिचान र निराकणको उद्येश्यसाथ कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सर्वसाधारणको जिज्ञासाका साथै कार्यक्रममा उठेका प्रश्नहरुको इप्रका दुहवी प्रमुख प्रहरी नीरिक्षक शिवकुमार पोखरेलले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा सहभागिहरुले प्रहरी दरवन्दी थप्नु पर्ने मागलाई जोडतोडका साथ उठाएका थिए ।उनिहरुले मादक पदार्थको खुल्ला उत्पादन र विक्रि वितरणमा रोक लगाउन सके सुरक्षित समूदाय, सुरक्षित समाजको अवधारणाले पूर्णता पाउने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia