
इनरुवा साउन २८/प्रेस सेन्टर सुनसरीको चौथो जिल्ला अधिवेशन इनरुवामा सम्पन्न भएको छ ।प्रेस सेन्टर नेपाल सुनसरीका सभापति श्री शिषा राईको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रेस सेन्टरमा आवद्ध संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
प्रमुख अतिथि माओवादी केन्द्रका सांसद जाकिर हुसेनले उद्घाटन गर्नुभएको जिल्ला अधिवेशनमा सेन्टरका संस्थापक संयोजक सुरेश सुवेदी सहित कार्य समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कविन्द्र केसी, केशव घिमिरे, प्रमोद यादव, रीता मोक्तान, गोविन्द बस्नेत लगाएका रहेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पूर्वाञ्चल संयोजक गणेश लम्सालले मर्यादित पत्रकारिताको खाँचो औंल्याउनुभयो ।न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य इकवाल अहमदले श्रमजीवि पत्रकार ऐन अनिवार्य भएकाले अटेर गर्ने संचारगृह कार्वाहीको दायरामा पर्ने धारणा राख्नुभयो ।कार्यक्रममा विष्णुप्रसाद सापकोटा,राजेन्द्र किराती लगायतले बोलेका थिए । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ ।








