२८ साउन, काठमाडौँ । गिरान्चाैर बस्ती निर्माणमा जुटिरहेकाे हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे जोडीको धुर्मुस–सुन्तली फाउन्डेसनलार्इ सम्मान गरिएकाे छ । राष्ट्र निर्माणमा योगदान पुर्याएका विभिन्न क्षेत्रका युवा व्यक्ति तथा तिनका संस्थालाई सरकारले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’द्वारा सम्मान गरिएकाे हाे ।
त्यस्तै व्यावसायिक कृषिबाट गुल्मीको पैँचो पसल प्रालि, वातावरण तथा सरसफाइका लागि खाँदबारी, सङ्खुवासभाका डा राजु अधिकारी छन् । चित्रकला र सङ्गीतका लागि अपाङ्गता भएका अमीर लामा, कला र सङ्गीतका लागि शिव परियार, कृषि (फलफूल)का लागि ओखलढुङ्गाका लोचन बस्नेत, चेलीबेटी बेचबिखन नियन्त्रणका लागि माइती नेपालकी फूलमाया तामाङ छन् ।नयापेजबाट









