
इनरुवा साउन २८/ १७औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा दीप प्रज्वलन गरिएको छ ।
शान्ति चौकबाट र्याली सहित लोकतान्त्रिक चौकमा पुगी युवाहरुले दीप प्रज्वलन गरेका हुन् ।

गरिबि उन्मुलनमा युवा प्रतिवद्धता, उत्पादन र उपभोगमा आत्मनिर्भरता भन्ने नाराका साथ अन्र्तराष्ट्रिय युवा दिवस मनाइरहँदा सदरमुकाम इनरुवामा युवा समाज इनरुवाको सहयोगमा जिल्ला युवा समिति सुनसरीले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा युवा समिति सुनसरीका अध्यक्ष हकंजङ्ग लिम्बु, समाजसेवी खेमराज पोखरेल, खेलकुद विकास समिति सुनसरीका अधिकृत कुमार पोखरेल, युवा नेताहरु पुकार पोखरेल, वशन्त सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै युवा समिति सुनसरीका अध्यक्ष लिम्बुले जिल्लामा रहेको युवाहरुको क्षमता अभिवृद्धि र सुदृढिकरणका लागि ठोस पहल चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

इनरुवा एकसाता यता साताव्यापी युवा सप्ताह कार्यक्रमको आयोजना गर्दै आएको युवा समाज इनरुवाका अध्यक्ष कुबेरजङ्ग थापाले बताए ।









