मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउनेछ भने श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पछि परिनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति आउन सक्छ। विशेष काम सुरु गर्न समय पर्खनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आवेशले लज्जित बनाउन सक्छ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान प्राप्त हुने समय छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
बलजफ्तीले हानि पुर्याउनेछ भने बुद्धिको उपयोग गर्दा काम बन्नेछन्। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्न सक्छ। आवेशलाई नियन्त्रणमा राख्नुहोला, मुद्दा–मामिलामा समेत विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ फाइदै हुनेछ। प्रतिस्पर्धीहरूले अलि अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। तापनि हिम्मतले काम लिँदा मनग्य लाभ उठाउन सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। स्वास्थ्य सबल रहनेछ। अवरोध स्वतः समाप्त हुनेछ। व्यापारमा सामान्य फाइदाको समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। काम बिग्रने डरले सताउनेछ। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अरूको विषयमा चासो राख्दा वादविवाद हुन सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। प्रयत्न गर्दा बोलीको भरमा काम सम्पादन हुने समय छ। प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदा हुने योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा पनि प्रगति हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। बिछोडिएका आफन्तजनसँग भेटघाट हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। पहिलेको सफलताले पनि उत्साह जगाउनेछ। तर बलजफ्ती गर्दा उही काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। काममा लगानीको समय छ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आम्दानी कम भए पनि दिगो काम गर्ने अवसर जुट्न सक्छ। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुनेछ। आम्दानी बिगार्नेहरू सक्रिय रहलान्। श्रमको उचित मूल्य प्राप्त नहुनाले काममा मन दिन नसकिएला। परिस्थितिले अलि निष्क्रिय बनाउन सक्छ। मेहनत गर्दा पछिका लागि फाइदा हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछिसम्म फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्।









