मोरङ , ३० साउन । शनिबार बेलुका मोरङको पथरी शनिश्चरे–१० मा छुरा प्रहार गरी एक महिलाको हत्या भएको छ । पथरी शनिश्चरे–११ का ३१ वर्षीय दिलीप घतानीले छुरा प्रहार गरी पथरी शनिश्चरे–१० बस्ने मुकुन्द कार्कीकी २१ वर्षीया श्रीमती समीक्षा कार्कीको हत्या गरेका हुन् ।
घतानीले छुरा प्रहार गर्नुको कारण खुल्न नसकेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । छुरा प्रहार गर्ने घतानीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।








