Kirna दहारान

३० साउन, गोविन्द बस्नेत धरान । पूर्वमा स्क्राव टाइफसको विरामी भेटिएको छ । किर्नाको टोकाईवाट हुने रोगबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिठानमा यो रोगबाट दुई जनाको मृत्यु समेत भइसकेको छ । प्रतिष्ठानमा उपचारकालागि ल्याएका ११ जनामध्ये अन्य ९ जनालाई मात्र बचाउन सकिएको प्रतिष्ठनले जानकारी दिएको छ ।

 चिकित्सकका अनुसार रिकेट्सिया जातको किटाणु ओरिएनसिया सुसुगुमुसी बोकेको किर्नाले टोकेमा बालबालिकाहरुमा यो रोग देखा पर्ने गर्छ । सो किर्नाको टोकाइवाट हुने विरामीलाई स्क्रव टाइफस भनिन्छ । स्क्रव टाइफस क्रोम्बिक्यूलिड माइट जातको किर्नाको टोकाइबाट मानिसमा सर्ने भएपनि मानिसबाट मानिसमा यो रोग नसर्ने चिकित्सको भनाई छ ।

स्क्रव टाइफसमा प्रयोग गरिने गरिएको चिकित्सकको भनाई छ । यो रोगवाट विरामी भएका बालबालिका मध्ये संखुवासभा र भोजपुरवाट उपचारका लागि ल्याईएका दुइ जनाको मृत्यु भएको हो । किर्नाको टोकाइपछि बालबालिकालाई लामो समय सम्म ज्वरो आउने बताउदै विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बाल रोग विषेशज्ञ तथा प्रतिष्ठानका उपप्राध्यापक दिनेश धरेलले समयमा उपचार
नहुदा ज्यानै जानसक्ने वताउनुभयो ।

यो साउन महिनामामात्र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बालरोग विभागमा सात महिना देखि १४ बर्ष उमेरका ११ जनालाई उपचारकालागि भर्ना गरिएको थियो । बाल रोग विभागले दिएको जानकारी अनुसार स्क्रव टाइफस भएर धनकुटाबाट दुइजना, भोजपुर, मोरङ, इलामबाट एक एक जना उपचारकालागि ल्याइएको थियो । ती मध्ये हाल बाल सघन उपचार कक्ष (पिआइसियु)मा एकजना र वार्डमा चार जना अझै उपचारकै क्रममा छन ।

बांकी चारजनाको उपचार पछि यसै साता डिस्चार्ज गरिएको छ । ११ जना मध्ये ७ जनालाई पिआइसियुमा राखेर उपचार गरिएको थियो । उपचारसंगै उनीहरुको रगत परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । यस्तो प्रकारको अनौठो र वालवालिकाको ज्यानै लिने स्क्रव टाइफसको प्रभावकारी खोप बन्न नसकेकाले धेरै बालबालिकाहरुको ज्यान जाने अवस्था रहेको चिकित्सकले जनाएका छन ।

चिकित्सकहरुले यो रोगबाट बच्ने उपाय भनेको किर्नाको टाकाईबाट बच्नु र त्यसलाई नियन्त्रण गर्नु मात्र रहेको बताउछन् । यस्तो प्रकारको रोग लागेमा ज्वरो आउनु, चिसो लाग्नु, जीउ दुखाइ, शरीरमा रातो रङको बिमिरा हुनु आदि मुख्य लक्षणसमेत देखिन्छ स्क्रव टाइफस भएपछि रगत परीक्षण गर्ने किट प्रतिष्ठानमा नभएकाले रगतको सेम्पल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउनु पर्ने वाध्यता भएको विपि कोईराला  स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल निर्देशक प्राध्यपक डाक्टर अरविन्द सिन्हाले बताउनुभयो ।पुर्बेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia