अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुन सक्छ। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन् भने कामको गतिमा कमी आउने सम्भावना छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। अरूका जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउन सक्छ। आशा देखाउनेहरूले झुक्याउलान्। कमजोरीले अशक्त भइनेछ भने समयमा काम पूरा गर्न नसकिएला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
स्वास्थ्य कमजोर हुनाले आँटेको काम रोकिन सक्छ। अध्ययनमा समय दिन नसकिएला। सानातिना घरेलु काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। लेनदेन तथा हिसाबकिताबमा पनि होसियार रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
परिवेश उल्लासमय रहे पनि आफ्नो समय कमजोर देखिन्छ। प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक खर्च बढ्न सक्छ। बाध्यतासामु निरीह बन्नुपर्ला। परिस्थितिवश आफन्तजन टाढिन सक्छन्। दाम्पत्यमा पनि अविश्वास बढ्ने योग छ। सामान्य आम्दानी भइरहे पनि खर्च हुने डरले मन पिरोल्नेछ। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आलस्य गर्ने बानीले पछि परिनेछ भने मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
ईर्ष्यालु मन भएकाहरूले सताउलान्। स्वास्थ्य पनि कमजोर बन्न सक्छ। पहिलेका कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा परिस्थितिलाई बदल्न सकिनेछ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
बेसुरमा वचन दिने बानीले दुःख पाइएला। नजिकका साथीभाइ टाढा हुनेछन् भने आफ्नाले सहयोग जुटाउनुको सट्टा धोका दिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। भूमि तथा पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ। व्यवहारमा आमाको माध्यम लाभदायक बन्न सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
हिम्मतले काम लिँदा फाइदा हुनेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने चिताएका काम सजिलै सम्पादन हुनेछन्। पहिलेको मेहनतले मनग्य आम्दानी दिलाउनेछ। अवसरका लागि केही जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्राप्त हुन सक्छ। सोखले खर्च बढाए पनि भौतिक साधन जुटाउन सफल भइनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर प्राप्त हुनेछ। आफ्ना कामको धेरैले तारिफ गर्नेछन्। बोलीको भरमा काम सम्पादन हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढिन सक्छन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सुखद् समाचारले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने आँटले काम लिँदा मनग्य फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनुका साथै नजानेको सीपसमेत हासिल हुने योग छ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषिमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।नेपालि पात्रो









