bolbam mandir bhid shrawan

साउन ३१ सुनसरी/ साउनको सोमबार आज देशभर रहेका भगवान शिवका मन्दिरहरुमा बिहानैबाट भक्तजनहरुको भिड लागेको छ ।सुनसरीको धरान स्थित रहेको पिण्डेश्वर बाबा धाममा जल चढाउन पुग्ने भक्तजनहरुको उल्लेख्य भिड देखिएको छ । चतराबाट कोशीको जल बोकी पिण्डेश्वरमा जल चढाउन पुगेका भक्तजनहरु रातीबाटै घण्टौ लाइनमा बसेका छन् ।

गेरु वस्त्रमा सजिएर जल चढाउन पिण्डेश्वर पुग्ने भक्तजनको संख्या अघिल्ला सोमबारको तुलनामा आज ज्यादा देखिएको छ ।अन्तिम सोमबार भएकाले बढेको भक्तजनहरुको भिड व्यवस्थित गर्न कठिनाई भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

पिण्डेश्वर बाबाधामममा रहेको शिवलिंगमा जल चढाए आफूले सोचेको मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रही आएको छ । जल चढाउन नेपालका विभिन्न ठाउ लगाएत भारतको विहार, पश्चिमवंगाल ,दार्जिलिङ, खर्साङ, सिक्किमलगायतका स्थानवाट भक्तजनहरु धरान स्थित पिण्डेश्वर वावाधाम पुग्ने गरेका छन् ।

विगत ३५ वर्ष अघि देखी सुनसरीको चतराबाट कोशीको जल बोकेर घण्टौं खाली खुट्टाको पैदल यात्रा पछि धरान १४ स्थित रहेको पिण्डेश्वर बाबा धाममा जल चढाइने गरिँदै आइएको छ ।

तत्कालिन समयमा स्थानीय ५ जना व्यापारीले पिण्डेश्वरमा थालेको जल चढाउने क्रम बढ्दो प्रशिद्धी सगैं हजारौं भक्तजनको घुइचो स्थल बन्न पुगेको छ ।यसका अलावा इनरुवा सहित आसपासका क्षेत्रमा रहेका सबैजसो शिव मन्दिरहरुमा आज विहानैबाट दर्शन गर्ने तथा जल चढाउनेहरुको भिड देखिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia