काठमाण्डाै । काभ्रेको विर्ता देउरालीमा सोमबार दुर्घटनाग्रस्त बसले रूट परमिट नै नलिइ बस सञ्चालन गरेको खुलेको छ। यातायात व्यवस्था विभागले सो रूटमा हालसम्म सार्वजनिक यातायात सञ्चालन गर्न परमिट नै जारी नगरेको खुलेकाे हाे । विभागका निर्देशक बसन्त अधिकारीले दुर्घटनामा परेको बा ३ ख १०३ नम्बरको बसले काठमाडौं-जिरी चल्न रूट परमिट पाएको थियो।
बस चालकको लाइसेन्स पनि नक्कली भएको खुलेको छ। भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रमेश लेखकले पछिल्लो समय सडक दुर्घटना बढेपछि सरोकारवालासँग मन्त्रालयमै गरेको छलफलमा उक्त बसका चालकको लाइसेन्स नक्कली भएको खबर आजको राजधानीमा छापिएको छ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ।









