काठमाण्डाै । सुन्दा अचम्म लाग्न सक्छ। मुलुकको आन्तरिक र बाह्य सुरक्षा गर्ने तथा आवश्यक पर्दा रणनीतिक विकासका आयोजनाहरुलाई अघि बढाउने महत्वपूर्ण भूमिका पाएको नेपाली सेनाले घडेरी बेच्ने काममा पनि लागेको छ।
सैनिक कल्याणकारी कोष अन्तर्गत रहेर सेनाले जग्गा खरिद गरेर त्यसलाई प्लटिङ गरी विक्री वितरण गरिरहेको छ। सेनाले घडेरी योजना अन्तर्गत बहालबाला, अबकाश प्राप्त तथा लडाईमा मृत्यु भएका सैनिकका आश्रित परिवारहरुलाई किस्ताबन्दी र पूरा भुक्तानीमा जग्गा विक्री गरिरहेको छ।
यसका लागि सेनाले सुनसरीको इटहरीमा ११ सय ८ वटा, पोखराको फुलबारीमा ७२ र राधाकृष्ण टोलमा १ सय ५१ तथा चितवनको पिठुवामा २ सय ८९ गरी जम्मा १ हजार ६ सय ४४ वटा घडेरी बिक्री गरिसकेको छ। सेनाले सस्तोमा ठूलो परिणामको जग्गा किन्ने र त्यसलाई प्लटिङ गरी महंगोमा बिक्री गर्दै आइरहेको छ। अाजकाे कान्तिपुर दैनिकमा खबर छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia