१ भाद्र, भोजपुर । शिक्षकले मानसिक तथा शारीरिक यातना दिएको भन्दै विद्यार्थीले विष सेवन गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेकोे छ । पञ्चकन्या निमावि सिद्धेश्वर–१, दाँवा, भोजपुरका शिक्षक इन्द्रवीर प्रधानलाई बालिकालाई मानसिक र शारीरिक यातना दिएको आरोपमा प्रहरीले मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
विष सेवनपछि बालिकालाई मङ्गलबार जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको छ । हाल बालिकाको स्वास्थ्यमा सुधार हुँदै आएको र पूर्णरुपमा सुधार आएपछि अनुसन्धानले निष्कर्ष पाउने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।पुर्बेलिबाट








