काठमाडौँ / यातायात व्यवस्था विभागले काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्व जाने यात्रुवाहक सवारी साधनको नयाँ भाडादर निर्धारण गरेको छ। साउन २१ गतेको निर्णय अनुसार काठमाडांैं– बनेपा– सिन्धुली बर्दिबास हुँदै पूर्व नेपालको विभिन्न स्थानमा चल्ने सवारी साधनमा दुरी अनुसारको भाडादर कायम गरिएको विभागका प्रवक्ता बसन्त अधिकारीले बताए। सोही सूचनालाई आधार मानेर यात्रुसँग रकम लिन सावारी संचालन व्यवसायी तथा चालक सह–चालकलाई विभागले आग्रह गरेको छ। यदि विभागले लागू गरेको भन्दा बढी भाडा लिएको फेला परेमा सवारी ऐन २०४९ अनुसार कारबाही हुने समेत अधिकारीले बताए।
हेर्नुहोस नयाँ कायम भएको भाडादर यस्तो छ
साभार सेतोपाटीबाट










