भदौ ३ इनरुवा /उखुको भुक्तानी नपाएको भन्दै आक्रोशित किसानहरुले सुनसरीको अमाहिबेलहा स्थित रहेको इस्टर्न सुगर मिलमा तालाबन्दी गरेका छन् ।पूर्वाञ्चलकै सबै भन्दा ठूलो चिनी मिल इस्टर्न सुगर मिलमा किसानहरुले गयराती तालाबन्दी गरेका हुन् ।
करिव ४१ करोड भुक्तानि पाउन बाँकी रहेकोमा मिल व्यवस्थापनले आनाकानी गरी वेवास्ता गरेकाले तालाबन्दी गर्नुपरेको कोशी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले बताए ।भुक्तानी पाउनु पर्ने माग गरेका किसानहरुले माग सम्वोधन नगरे थप कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।