काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आगमी ३१ गते नयाँदिल्लीमा द्विपक्षीय औपचारिक वार्ता तय भएको छ। सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार हैदरावादहाउसमा भएको भेटवार्तामा उक्त मिति तय भएको हाे ।
निधि र मोदीबीचको भेटवार्तामा संविधान कार्यान्वयनका विषयमा पनि छलफल भएको बताइएको छ । मोदीले संविधान संशोधनमा भारतले सघाउने र संविधान संशोधनमार्फत् यसमा रहेका असन्तुष्टि सम्बोधनमा सहयोग गर्ने बचन पनि दिएका छन् । भेटमा उपप्रधानमन्त्री निधिले सबै पक्षका अपेक्षा समेटिने गरी संविधान कार्यान्वयन गर्नु नयाँ सरकारको उच्च प्राथमिकता भएको बताएका थिए । आजको नागरिक दैनिकमा खबर छ ।









