७ भाद्र, बिराटनगर । रथयात्राका दिन बिराटनगरमा मदिरा बिक्रि बितरणमा रोक लागाइएको छ।कृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने रथयात्राको दिन भाद्र १० गते मदिरा बिक्रीवितरण तथा सेवनमा रोक लगाइने भएको छ ।
मदिरा सेवनबाट रथयात्राका क्रममा अपराधीक घटना घट्न सक्ने भएका कारण मापसेमा रोक लगाइएको हो ।आयोजक समितिका अनुसार यस वर्षको रथयात्रामा सुरक्षा कडा बनाइने तथा रथयात्राका क्रममा शादा पोसाक र प्रहरी पोसाकमा सहित सशस्त्र तथा सेनाको पनि प्रयोग गरिने भएको छ ।









