८ भाद्र, काठमाडौं / चर्चित लोकगायक खेमराज गुरुङ अस्पताल भर्ना भएका छन् । उनलाई चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ । लिभरमा गम्भीर समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । उनलाई आईसियुको १ नम्बर बेडमा राखेर उपचार गरिएको छ । चिकित्सकले लिभरमा जटिलता देखिएकाले यहाँ सम्भव नभए बाहिर उपचारका लागि लैजान परिवारलाई सल्लाह दिएको गीतकार विपिन किरणले जानकारी दिए ।









