काठमाडौं। कांग्रेसको भागमा परेका १३ मन्त्रालयमध्ये सभापति शेरबहादुर देउवाले आफु निकट नेता विमलेन्द्र नीधिलाई सरकारमा पार्टीको नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा पठाएका छन् । केन्द्रिय सदस्य रमेश लेखकलाई भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

बाँकी ११ मन्त्रालयमा देउवाले आफू निकटका ५, पौडेल पक्षका ४, खुमबहादुर खड्का पक्षका १ र कृष्ण सिटौला पक्षका एक नेतालाई मन्त्री दिने तयारी गरेको स्रोत बताउँछ।
सस्थापनबाट ५ मन्त्रीमा अर्जुननरसिंह केसी, बालकृष्ण खाण, डा।प्रकाशसरण महत, जीवनबहादुर शाही, फरमुल्लाह मन्सुर, भिष्मराज आङदम्भे र अम्बिका बस्नेतले आकाक्षा देखाएका छन् ।

ती मध्ये केसीलाई शिक्षा, खाणलाई रक्षा, डा महतलाई परराष्ट्र र शाहीलाई संस्कृत्ति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी दिने तयारी देउवाको रहेको स्रोतको दाबी छ।
स्रोतका अनुसार मन्सुर, आङदम्भे र बस्नेतबारे टुंगो लागेको छैन। पौडेल पक्षको कोटामा कोषाध्यक्ष सितादेवी यादव, नेताहरु बलबहादुर केसी, दिपक गिरी, नविन्द्रराज जोशी, कमला पन्त र रोमी गौचन थकालीको नाम चर्चामा छ । नेता खुमबहादुर खड्काको कोटामा परेको एक मन्त्रालयमा मोहनबहादुर बस्नेत र शंकर भण्डारीको नाम चर्चामा छ ।त्यस्तै, सिटौलाको कोटाबाट गगन थापा र भिमसेनदाश प्रधानको नाम चर्चामा छ।
राज्य मन्त्रीका लागि सूजाता परियार, ध्यान गोविन्द रञ्जित, तारामान गुरूङ, कन्चन बादे, किरण यादव, संजय गौतम, अब्दुल रज्जाक, दिर्घराज भाटले लविङ गरिरहेका छन् ।अाजकाे नयाँ  पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia