काठमाडौं। भारतीय पक्षले सुस्ताका नेतृत्वकर्तालाई ज्यान मुद्दा लगाएको छ । भारतीय पक्षले सुस्तामा रहेर भारतीय अतिक्रमणको बिरोध गर्नेविरुद् ज्यान मारेको अभियोगमा मुद्दा चलाएको हो ।

विहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको हो ।

सुस्ताको जनता दलित प्रावि पछाडि घर भएका २७ वर्षीय प्रभु लोनियाको शव एक महिनाअघि भारतस्थित बगाहाको नौरगिया कटाहा खेतामा शव फेला परेको थियो ।आफ्नो भूमि मिचिएर अफ्ठेरोमा परेका सुस्ताबासी नेपाली मुद्दा चलाइएको थाहा पाएपछि त्रसित भएका छन् ।हडपिएको नेपाली भूमिमा कब्जा जमाइराख्नका लागि भारतीय पक्षाले नेपालीहरूलाई डर त्रास देखाउन मुद्दा चलाएको आरोप सुस्तावासीले लगाएका छन्।

सीमापारि भएको घटनामा सीमावारिका मानिसमाथि मुद्दा चलाइएपछि नेपाली आक्रोशित भएका छन् । नेपालीहरुविरुद्ध विहारको बगाहा अदालतमा मुद्दा चलाइएको हो ।

मृतक लोनिया ससुरालीमा बसेर विहार पुलिसका लागि सुराकीको काम गर्दै आएको स्थानीयवासीले बताएका छन् ।

सुस्तामा रहेका नेपालीका गतिविधि र दिनचर्याका बारेमा उनले विहार प्रहरीलाई जानकारी दिने र नेपालीलाई भुठा आरोप लगाएर सताउने काम गर्दै आएको स्थानीय जनताको आरोप छ ।

गाउँका अगुवाभन्दा दोस्रो स्तरका मान्छेहरूविरुद्ध मुद्दा चलाइएको सुस्तेलीले बताएका छन् । उन्नाइस जनामध्ये समाजमा अगुवा देखिने युवा नै बढी रहेका छन् । क(कसलाई मुद्दा लगाइएको हो, त्योबारे भने स्थानीयवासीले बताउन चाहेनन् ।आजको राजधानी दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia