काठमाडौं, भदौ ११ / मैत्रीपूर्ण क्रिकेट खेल्न जापान लगेर उतै छाडिएका गैर खेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भउको खुलेको छ। नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैर खेलाडी त्यसपछि एकाएक गायब भएको  छ।

जापान पुगेर फर्किएका खेलाडीका अनुसार नारिता विमानस्थलबाट उनीहरू बस्ने तय भएको होटेलसम्म पुग्दा नौ गैरखेलाडीमध्ये २ जना मात्रै साथमा थिए। बाँकी सातमध्ये केही विमानस्थल र केही बाटोबाटै अन्यत्र लागेको स्वदेश फर्किएका खेलाडीहरूले बताएका छन्। जापान पुगेर फर्किएका उनीहरूले राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र सिनियर राष्ट्रिय टोलीले सोधेको लिखित जवाफमा समेतच गैर खेलाडी विमानस्थलबाटै गायब भएको जानकारी दिएका छन्। अाजकाे अन्नपूर्ण पाेस्टमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia