११ भदौ , काठमाडौं । २२ जनाको ज्यान जानेगरी बस दुर्घटना भएको भोलिपल्ट आज फेरि त्रिशुलीमा एउटा ट्रक खसेको छ । चितवन- नारायणगढ-मुग्लिङ सडकखण्डअन्तर्गतको जलविरे भन्ने ठाउँमा ट्रक दुर्घटना भएको हाे।
ट्रक नजिकैको त्रिशुली नदीमा खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै चितवन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान ७ बजेतिर ट्रक नदीमा खसेको हो।
ट्रकमाथि ३-४ जना देखिएको प्रत्यक्षदर्शीले बताएका ५न्ला । चितवनकाे जिल्ला प्रहरी कार्यालयका अनुसार उद्धारका लागि प्रहरी त्यसतर्फ टाेली परिचालित भएकाे छ ।









