११ भाद्र, इनरुवा। उधोग वाणिज्य संघ इनरुवाको साधारण सभा स्थगित भएको छ।न्युन उपस्थितिका कारण शनिबार उधोग वाणिज्य संघ इनरुवाको सभाहलमा भएको १६अौ साधारण सभा स्थगित भएको हो।
नि. अध्यक्ष कैलाश पंचरियाका अनुसार जम्मा सदस्य संख्या १३७२ रहेकोमा १३४ जना सदस्यको मात्र उपस्थिति थियो। उधोग वाणिज्य संघ इनरुवाको विधान अनुसार साधारण सभा सम्पन्न हुनको लागि कुल संख्याको न्युनतम ५०% सदस्यको उपस्थिति अनिवार्य हुन्छ तथा विधानमा वैधानिक व्यवस्था भएअनुसार सभा स्थगित भएको दिन देखि सात दिनपछि अर्को साधारण सभा गरिसक्नु पर्नेहुन्छ।

का. का. सदस्य सुरेन्द्र कुमार शाहका अनुसार आजको सात दिन पछि पुन: अर्को साधारण सभा हुनेछ र भाद्र २५ गते उधोग वाणिज्य संघ इनरुवाको नया कार्य समिति चयनकोलागि चुनाव हुनेछ।

साधारण सभा नै स्थगित भएको अवस्थामा चुनाव निर्धारित मितिमा हुने वा नहुने कुरामा उपस्थित सदस्यहरुमा अन्यौलता पैदा भएको छ।
शनिबारको स्थगित साधारण सभाको अध्यक्षता प्रमोद आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथिमा माहासंघका भू. पुर्व अध्यक्ष चण्डिराज ढकाल रहनु भएको थियो।













