११ भाद्र,इनरुवा। ईटहरी आसपासका ग्रामिण क्षेत्रमा गर्मी मौसमसंगै बढेका विभिन्न रोग व्याधीलाई मध्य नजर गर्दै सेवा,सहयोग र विपत् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको ईटहरी सुनसरी लियो,ईटहरी लायन्स क्लव र leo Dist.325A1 East Area Regoin 3rd को संयुक्त आयोजना तथा युवा विकाश केन्द्र,क्विक भोलन्टियर र श्री सरस्वती आधारभुत विध्यालयको सहयोगमा ईटहरी १७ स्थित श्री सरस्वती जव्दी आधारभुत विध्यालयमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो।

स्वास्थ्य शिविरमा सो क्षेत्रका वाल,वृद्द,महिला तथा अन्य १६० महानुभवहरूले स्वास्थ्य जाँच गराई निशुल्क औषधी समेत प्राप्त गर्नु भएको ईटहरी सुनसरी लियो क्लवका अध्यक्ष्य लियो सुजन पुरीले जानकारी गराउनु भयो।
विजयपुर हस्पिटल धरानबाट डा.अनिला श्रेष्ठ(MD,गाईनो),डा.विराट आचार्य(MBBS) त्यसैगरी ईटहरी पशुपती मोर्डल हस्पिटलबाट डा.मुरारी शाह(MBBS),डा.शम्भु शाह( MBBS,डेन्टिस) तथा सामुदायिक हस्पिटल र पशुपति मोर्डल हस्पिटल ईटहरीबाट २/२ जना गरी ४ जना स्टाफ नर्स र एक जना एच.ए.ले सो स्वास्थ्य शिविरमा सेवा प्रदान गर्नु भएको कार्यक्रम संयोजक लियो प्रकृती गुरागाईले वताउनु भयो।
साथै किशोरीहरूमा यौवन अवस्थामा आउने शारिरिक परिवर्तन र महिनावारीका विषयमा लियोका सदस्य(महिला)हरूले सो शिविरमा उपस्थित किशोरीहरूलाई जानकारी मुलक सहजीकरण समेत गर्नु भएको थियो।
शहर तथा ग्रामिण क्षेत्रका गरिब,असक्त,असाहय र विपन्न बर्गमा यस्ता सेवा र सहयोगका कार्यक्रम समय सन्दर्भ हेरी लियोले गर्दै जाने Leo Dist.325A1 East Area Regoin 3rd का co-ordinator लियो युवराज काफ्ले जानकारी दिनु भयो।









