इनरुवा भाद्र १२ /सरकारी सेवा सुविधाका लागि परिचय पत्र अनिवार्य गरिएपछि सुनसरीमा जेष्ठ नागरिक परिचय पत्र बनाउनेको भिड ह्वात्तै बढेको छ ।कार्यालय खुले लगत्तै परिचय पत्रका लागि आवेदन दिन पुग्नेको संख्या बढ्दै गएपछि कार्यालयका कर्मचारीलाई सेवा प्रवाहमा हम्मे हम्मे पर्ने गरेको छ ।
महिला तथा बालबालिका कार्यालय प्रमुख रश्मि श्रेष्ठका अनुसार एक हप्ताको अवधीमा ११ सय बढी वृद्धवृद्धाहरुले जेष्ठ नागरिक परिचय पत्र लिएका छन् ।आवेदनका लागि स्वयं आफैं कार्यालय पुग्नु पर्ने भएकाले जेष्ठ नागरिकहरुले भने असहजताको महसुस गरिरहेका छन् ।परिचय पत्रका आधारमा जेष्ठ नागरिकहरुले वृद्ध भत्ता, स्वास्थ्योपचार, सवारी साधनमा छुट लगायत सरकारी सुविधा प्राप्त गर्न सक्ने छन् । सुनसरीमा जेष्ठ नागरिकको संख्या २६ हजारको हाराहारीमा रहेको छ ।









