bhokraha jamiya masjid isi pakistan terreristbhokraha jamiya masjid isi pakistan terrerist2
इनरुवा भाद्र १४/सुनसरीको भोक्राहा ९ मा रहेको मुस्लिम मदरसा आइएसको निर्देषनमा संचालित रहेको गाउँबासीले आरोप लगाएका छन् ।भोक्राहा स्थित रहेको जामिया इस्लामिया मदरसाको गतिविधी शंकास्पद देखिएको बताउने गाउँवासी सो मदरसा आइएस (ईस्लामिक संघ) र पाकिस्तानी एजेण्टको इशारामा संचालित रहेको उनिहरुको आरोप छ ।

मदरसाको एकलौटी तन्त्र र पदाधिकारीहरुको गतिविधी प्रति असन्तुष्टि जनाउँदै आएका स्थानीय मुस्लिम अगुवाहरु गाउँले सहित आज दिउँसो प्रर्दशनमा उत्रिएका छन् ।मुस्लिम समुदायको बालबालीकाहरुलाई पठन पाठन गराउने सुनसरी भोक्राहामा रहेको जामिया इस्लामिया मरदसा आइएस र पाकीस्तानी एजेण्टबाट सञ्चालित भईरहेको मुस्लिम अगुवाहरुको दावी छ ।

bhokraha jamiya masjid isi pakistan terrerist1
तालाबन्दी गर्न नाराजुलुस सहित जामिया स्लामियाको गेट अघि पुगेका स्थानीयहरुलाई जनपथ र शशस्त्र प्रहरीले रोकेको थियो ।मदरसामा व्यवस्थापन समितिको विवाद बढ्दै गएपछि अप्रिय घटना हुन नदिन सुरक्षाको प्रवन्ध मिलाइएको सुनसरी प्रशासनले जनाएको छ ।

स्थानीय धर्मगुरु तथा मुस्लिम अगुवाहरु समेत मदरसाको गोप्य गतिविधीप्रति शशंकित बनेका छन् । जातियताका नाममा हिंसा भड्काउने गतिविधीले समाजलाई विखण्डनको बाटो तर्फ डोर्याउने उनिहरुको तर्क छ ।मौलाना खालिद सेफउल्लाहले जामिया इस्लामीया नेपाल सरकारको निर्देशन र नियन्त्रणमा नभएको र अवैध रुपमा व्यवस्थापन समिति बनाएर सञ्चालन गरिनुका साथै पाकिस्तान र आइएसको निर्देशन र नियन्त्रणमा रहेकाले  नेपाली मुस्लिम समुदायहरुले यस्तो क्रियाकलापको विरोध गरेको बताए ।

bhokraha jamiya masjid isi pakistan terrerist4 bhokraha jamiya masjid isi pakistan terrerist3
जामिया स्लामियामा वर्षौ देखिको कायम रहेको एकल व्यवस्थापन समितिको अन्त्य गरी नयाँ समिति चयन गरिनुपर्ने गाउँवासीको माग छ । नयाँ समिति चयनकालागि सहमत देखिएको वर्तमान समितिले प्रशासनसँग मिलेर सो निर्णय लत्याएको प्रर्दशनमा उत्रिएका गाउँवासीको भनाई छ ।उता व्यबस्थापन समिति निकटहरुले आफुहरु माथि लगाएको आरोप निराधार भएको बताएका छन्। व्याक्तिगत रिसिबि साध्ने उद्देश्यले आफुहरु माथि अस्नतुस्ट पक्षले आरोप लगाएको उनिहरुको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia