२४ भाद्र, अमर काफ्ले औरावनी/ सन्तान प्रतिको मोह हरेक आमाबाबुलाई रहन्छ । आफ्नो गाँस काटेर सन्तानको पेट भर्ने आमाबाबुका लागि सन्तानको सुख भन्दा ठुलो केही हुँदैन् ।हुनेखाने परिवारका सबैले साथ छोडे । वेसाहारा छोरो त्यो पनि मानसिक सन्तुलन गुमाएकाले औरावनीको एक परिवार उपचार खर्च अभावमा भौतारिरहेको छ ।


औरावनी ९ घर भएका भगवान साहको परिवार मानसिक सन्तुलन गुमाएका आफ्नो सन्तानको उपचार जुटाउन असमर्थ छ । विहान बेलुकाको छाँक टार्न धौधौ हुने साहका ४ छोरा मध्ये कान्छो अमित साह मानसिक रोगी छन् । परिवारका सवैले साथ छोडे । भएको सानो घरले ओगटेको थोरै जग्गा । त्यो पनि छोरोको उपचारका लागि बेच्यो साह परिवारले । यतिवेला साहुले जमिन खाली गर्न भनिरहँदा कहाँ जाने के गर्ने भन्ने थप पीडामा छन् उनिहरु । बाबु तरकारी बेच्न गाउँबजार चाहर्छन् । आमा तितरी साह छोरोको रेखदेख गरेर बस्छिन् ।


मानसिक सन्तुलन गुमेको र अन्य कसैले वास्ता नगर्ने भएकाले विगत ८ वर्षदेखि अमितका दुवै हात सिक्रिले बाँधिएका छन् । छोरोलाई पानीमा चोबेर बिस्कुट खान दिनु बाहेक साह परिवारसँग अन्य कुनै विकल्प नै छैन् । भएको सबै उपचारमै सकियो । पैशा कहाँबाट ल्याउने, दैनिकी चलाउनै गाह्रो छ भन्दै दुखेसो पोख्छिन् अमितकी आमा ।

अमितले ९ कक्षा सम्म औरावनीकै स्थानीय विद्यालयमा अध्ययन गरेका थिए । पढ्दा पढदै एक्कासी रोगले च्यापेपछि उनको जीन्दगीले भिन्नै मोड लियो । साथीभाई सँग घुलमेल हुन रुचाउने अमित मानसिक रोगी भएपछि गुम्तीको आडमा दुवै हातमा ताल्चा सहितको सिक्रीमा जिकडिएर कष्टकर जीवन जिउनु बाहेकको विकल्प रहेन्  ।

घरको आंगनमा बल्न त दुईटा चुल्हो बल्छ । अर्का छोरा छरमै छुटिएर भिन्नै बस्छन्  । तर अमितकी आमाको भान्सामा भने यदाकदा मात्र चुल्हो बल्छ । रित्ता भाँडा छरिएका छन्,  उनको सानो भत्किएको र माटोले टालटुल गरिएको कोठाभरी ।  बाबुले काम गरेर पैशा ल्याउन सकेमात्र जसोतसो पेट भरी खाना खान पाउँछन् अमित ।आमा तितरी छोरोको अवस्था देखेर निकै चिन्तित छिन् । उपचार खर्च जुटाउने सार्मथ्य नहुँदा आफ्नो शेखपछि छोरोको वेहाल हुने कुरालाई लिएर भक्कानिन्छिन् उनि । गहभरी आँसु बोकेर उनले सहयोगी कोही भए सहयोगको आग्रह गरिन् । रुदै भनिन म गरिब छु, छोरोको उपचारमा सहयोग गरिदिनोस ।

अमित साह उपचारका क्रममा यसअघि निको भैसकी पुरानै अवस्थामा फर्किएका व्यक्ति हुन् । परिवारले औषधी र नियमित डक्टरी चेकजाँचका लागि रकम जुटाउन नसक्दा उनको रोग पूनः बल्झिएको हो  ।छोरोको उपचारकालागि सहयोगी हातहरु जुट्लान भन्ने आशमा बाँचेको साह परिवार अमित स्वस्थ भएको हेर्न पाए सारा सासांरिक खुशी मिल्ने कल्पनामा जिइरहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia